Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

अमेरिका र चीनको व्यापार युद्धको प्रभाव, सुनको भाउ हालसम्मकै उच्च

अमेरिका र चीनको व्यापार युद्धको प्रभाव, सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं, १७ साउन । स्थानीय बजारमा सुनको भाउ आकासिएको छ । हिजो प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको भाउ हालसम्मकै उच्च हो । गत असार ६ गते ६५ हजार रुपैयाँमा कारोबार भएर इतिहासकै महँगो सुनको भाउ हुन पुगेकोमा आज त्यो रेकर्ड ब्रेक भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले चीनका सामग्रीमा लगाएको प्रतिबन्धले सुनको भाउ उच्च हुन पुगेको बताए । विश्व व्यापारमा यस्ता द्वन्द्वले ठूलो प्रभाव पार्ने उनको भनाई छ ।

त्यस्तै महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले पनि चीन र अमेरिकाको व्यापार युद्ध र सेयर कारोबार निरन्तर घट्दै गएकोले लगानीकर्ता सुन खरिदमा लागेको हुँदा भाउ बढ्नुको प्रमुख कारणका रुपमा लिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रतितोला २२ डलरले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x