Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हिमाल दोलखाको आईपिओ संस्थापकहरुका लागि

हिमाल दोलखाको आईपिओ संस्थापकहरुका लागि

काठमाडौं, २७ साउन । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले संस्थापक, संचालक लगायतका लागि आईपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । सो निष्कासनमा कम्पनीका संस्थापक सेयरधनी, संचालक वा निजहरुको एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा कम्पनीको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले असार २५ गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपिओमा पूर्ण आवेदन नपरेका कारण संस्थापक तथा संचालकहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x