Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मल्टीपर्पोजको हकप्रदमा थप्यो म्याद

मल्टीपर्पोजको हकप्रदमा थप्यो म्याद

काठमाडौं, २७ साउन । मल्टीपर्पोज फाइनान्सले हकप्रद सेयर आवेदनका लागि समय थप गरेको छ । कम्पीले असार २३ गतेदेखि १ बराबर ८ दशमलव ६५ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको थियो । पर्याप्त आवेदन नपरेपछि भदौ ९ गतेसम्मका लागि आवेदन समय थप गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सो हकप्रद सेयरमा असार ११ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

४ करोड १४ लाख चुक्ता पूँजी रहेको उक्त कम्पनीको हकप्रद सेयर निष्कासन तथा बाँडफाँड पश्चात् ४० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले इक्राएनपी ग्रेड ५ रटिङ दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x