Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

जीवन बिमा कम्पनीले ७१ अर्ब ७४ करोड बिमाशुल्क आर्जन गरे

जीवन बिमा कम्पनीले ७१ अर्ब ७४ करोड बिमाशुल्क आर्जन गरे

काठमाडौं, २९ साउन । गत आर्थिक बर्षमा जीवन बिमा कम्पनीहरुले ७१ अर्ब ७४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । बिमा समितिको तथ्यांक अनुसार बिमा कम्पनीहरुले प्रथम बिमाशुल्क बापत ३० अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेका छन् भने नविकरणीय शुल्क बापत ३९ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

जीवन बिमा कम्पनीमध्ये नेपाल लाईफ इस्योरेन्स कम्पनी अग्रपंक्तीमा छ । कम्पनीले २२ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशनले भने १३ अर्ब ६४ करोड रुपैया आर्जन गरेको छ । नेशनल लाईफ इन्स्योरेन्सले ७ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । नयाँ कम्पनीमध्ये युनियन लाईफले सबैभन्दा बढी २ अर्ब ७२ करोड रुपैया आर्जन गरेको छ ।

करिब साढे ५८ लाख बिमालेख जारी
गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले करिब साढे ५८ लाख वटा बिमालेख जारी गरेका छन् । बिमा समितिको तथ्यांक अनुसार गत आवको अन्त्यसम्ममा कम्पनीहरुले ५८ लाख ३६ हजार ८सय ४० वटा बिमालेख जारी गरेका छन् । जीवन बिमा कम्पनीमध्ये ९ लाख ९३ हजार ८सय ७ वटा बिमालेख जारी गरेको छ । लाईफ इन्स्योरेन्स कम्पनीले ७ लाख ९४ हजार ४ सय ५१ र नेशनल लाईफ इन्स्योरेन्सले ५ लाख ३८ हजार ९ सय ५१ वटा बिमालेख जारी गरेको छ ।

साढे १६ लाख बैदेशिक रोजगार बिमा जारी
गत आवको अन्त्यसम्ममा जीवन बिमा कम्पनीहरुले साढे १६ लाख भन्दा बढी बिमालेख जारी गरेका छन् । बिमा समितिको तथ्यांक अनुसार कम्पनीहरुले १६ लाख ६१ हजार १०७ वटा बिमालेख जारी गरेका छन् । नेशनल लाईफले ३ लाख २९ हजार ४ सय ८३ वटा बिमालेख जारी गरेको छ । नेपाल लाईफले भने २ लाख १० हजार २ सय ७८ वटा बिमालेख जारी गरेको छ । सुर्या लाईफले सबैभन्दा बढी ४ लाख ६८ हजार ८ सय ५६ वटा बिमालेख जारी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *