अरुणखोलामा पुल भाँचिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी,२९ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुल भाँचिदा राजमार्ग अवरुद्ध भएको छ । पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेको छ भने पुलको केही भाग चर्किएको छ । ठुला सवारी साधन र मालवाहक गाडीहरू पुलबाट ओहोर दोहर गर्न रोकिएपनि साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भैरहेको छ । प्रहरीले तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेको छ । ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ ।