मन्त्री नै बैंकिङ कसुरमा मुछिएपछि ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ,२९ साउन । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएपछि उच्च अदालत पाटनले उनलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली बैंक ग्यारेन्टीपत्र बनाएको आरोप खत्रीमाथि लगाइएको छ । सो आरोपमा पूर्व ठेकदार समेत रहेका खत्री लगायत पाँच जनामाथि बैंकिङ कसुरको आरोपमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो । न्यायाधीशहरु श्रीकान्त पौडेल अनि टेकप्रसाद ढुंगानाको इजलासले उनलाई अदातलमा उपस्थित गराउन दिएको आदेशको प्रति महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकलाई समेतलाई दिन आदेश गरिएको छ ।