चेम्वर र साउदी अरबका लागि नेपाली राजदूत बिच आर्थिक वृद्धिबारे छलफल
काठमाडौं, २ भदौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आईतबार साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् । चेम्बर अफ कमर्सको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले साउदी अरेबियाका लागि नेपाली राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए । उनले बैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख स्थान भएको उल्लेख गर्दै दुतावासले पु¥याएको कार्यका सराहना गरे ।
भेटमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहले नेपाल पर्यटन वर्ष २०२० सफल पार्नलाई साउदी नागरिकका लागि प्रचार प्रसारपर्याप्त रुपमा गर्नुपर्ने बताए । उनले नेपालबाट व्यापारीक प्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र बि टु बि बैठक आयोजना दूताबासको पहलमा गर्न आफू तयार रहेको बताए ।
यसैबीच चेम्बर अफ कमर्सको सचिवालयमा भारतका लागि नेपाली दूताबासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेलसँग चेम्बर अध्यक्ष श्रेष्ठको छुट्टै भेट गरेको थियो । सो भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रबद्र्धन सँगसँगै जानुपर्ने स्थिती रहेको बताए ।