अर्को बैंकको एटीएमबाट पैसा झिक्न नमिल्ने
काठमाडौं, १८ भदौ । एकर्को बैंकको एटीएम प्रयोग गरी ह्याकरले रकम निकालेपछि १८ वटा बैंकको कार्डसम्बन्धी होस्टिङ र स्विचिङको काम गर्दै आएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले सावधानी अपनाएको छ । नेप्सले आवद्ध सबै बैंकको कार्ड सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने व्यवस्था गरेको छ ।
नेप्सले आज सूचना जारी गर्दै सम्बन्धित बैंकको एटीएम तथा पीओएस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपिल पनि गरेको छ । “यस कम्पनीमा आवद्ध सबै बैंकको कार्ड सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोहीअनुसार नै प्रयोग गर्नुहुन अनुरोध गर्दछौं ।” नेप्से जारी गरेको सूचनामा उल्लेख छ ।