Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जापान जाने कामदारका लागि अक्टोबारमा परीक्षा

जापान जाने कामदारका लागि अक्टोबारमा परीक्षा

काठमाडौं, १८ भदौ । जापानमा नेपाली कामदार लैजाने प्रक्रिया औपचारिक रुपमा खुलेको छ । जापान सरकारले ‘नर्सिङ केयर गिभर’ का रुपमा नेपाली कामदार लैजानका लागि परीक्षा मिति, नमुना प्रश्नपत्र, लागत र उत्तीर्ण अंकबारे जानकारी दिएको छ।

जापानले फिलिपिन्सका कामदार लैजाने प्रक्रियाको परीक्षाफल प्रकाशन गरेपछि नेपाली कामदारको सीप तथा भाषा मूल्यांकन परीक्षाको मिति सार्वजनिक गरेको हो । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका प्रकाशित गरेको छ । भाषा तथा सीप परीक्षाका लागि अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ तथा नोभेम्बरकै १२ देखि १४ सम्मको मिति तोकिएको छ । आवेदनका लागि कामदारले फर्म भरेपछि क्षेत्रीय अध्यागमन विभागमा आवेदन दिन सक्नेछन् । आवेदन अनलाईनबाट दिनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x