Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लगातार दोस्रो दिन सेयर बजारमा सुधार, कारोबार रकममा भने कमि

लगातार दोस्रो दिन सेयर बजारमा सुधार, कारोबार रकममा भने कमि

काठमाडौं, १८ भदौ । झिनो दोहोरो अंकले दुधार आएको सेयर बजारमा आज भने झिनो अंकले मात्र सुधार भएको छ । केही दिनयता लगातार घटेको बजारमा हिजो र आज सुधार देखिएको हो । आज बजार ३.८७ अंकले बढेर ११९४.७७ को बिन्दुमा बन्द भएको छ ।

खुलेदेखि नै बढ्न थालेको बजार अन्तमा केही तल झरेर बन्द भएको हो । आज फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचकमा गिरावट आएपनि बाँकी अरु समूहमा बृद्धि भएको छ । हिजोको तुलनामा कारोबार रकममा पनि कमि आएको छ । एक सय ६८ कम्पनीको ४३ करोड ६४ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । त्यसमा पनि माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै अर्थात ९ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको पनि २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँचथर पावर कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । कम्पनीको सेयर मूल्यमा ९.२८ प्रतिशतले बढेको छ भने हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । सो कम्पनीको सेयर मूल्यमा ३.४२ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x