पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घट्यो
काठमाडौं,२४ भदौ । हाइटेक प्रविधिबाट दक्षिण एसियाली क्रसर बोर्डर (मोतिहारी – अमलेखगंज) प्रेट्रोलियम पाइपलाइनको औपचारीक उद्घाटसँगै सरकारले इन्धनको मूल्य घटाएको छ । आज मध्यान्न १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घटाइएको हो । नेपाल भारत पेट्रोलियम पाइपलाइनको औपचारीक उद्घाटन गर्दै प्रधामन्त्री केपी शर्मा ओलीले पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको जानकारी दिनुभयो ।घटेको मूल्यसँगै अब पेट्रोलको प्रतिलिटर १०७ र डिजेल तथा पेट्रोलको मूल्य प्रतिलिटर ९५ मा कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।