किस्ट टिचिङ्ग हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच छुट सम्झौता

काठमाडौं, २४ भदौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट सम्झौता भएको छ । बैंक र उक्त हस्पिटलबीच ग्राहक, कर्मचारी र तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहक, कर्मचारी र तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फारमेसीमा ७ प्रतिशत छुट एक वर्षसम्म पाउने बैंकले जनाएको छ ।

हाल बैंकले २ सय ३६ वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत् ग्राहकलाई सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *