नबिल बैंक र ईसीएएनबीच सम्झौता

काठमाडौं, २४ भदौ । नबिल बैंक र एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (ईसीएएन)बीच बैंकिङ्ग सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले ईसीएएनसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । यो सम्झौताले विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र ईसीएएनका अध्यक्ष विष्णु हरि पाण्डेले हस्ताक्षर गरे । हस्ताक्षर पश्चात अध्यक्ष पाण्डेले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु गर्वको विषय भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *