उड्डयन प्राधिकरणले चालु आवका लागि करिब ४७ अर्ब विनियोजन गरयो
काठमाडौं २५ भदौ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष करिब २०७६÷७७ को लागि ४६ अर्ब ९० करोड ५० लाख रुपैयाँ बजेट पारित गरेको छ । प्राधिकरणको ३ सय ६२ औं बोर्ड बैठकले नागरिक उडड्यन क्षेत्रको विकासका लागि उक्त बजेट पारित गरेको हो ।
नेपालको उडड्यन क्षेत्रको विकास लागि प्राधिरकणलाई सरकारले समेत बजेट विनियोजन गर्दै आएको छ । साथै प्राधिरकणले आफनै आय आम्दानीबाट पहिलो पटक धेरै बजेट पारित गरेको छ ।
प्राधिकरणले गौतम बुद्ध अन्तराट्रिय बिमानस्थल, पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थ र निजगढ अन्तराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेको छ । प्राधिकरणले विनियोजित रकममध्ये करिब ५० प्रतिशत रकम राष्ट्रिय गौरवको आयोजनामा विनियोजन गरेको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले पोखरामा निर्माण भइरहेको भैरहवा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पनि तोकेको समयमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको जनाएको छ।