Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

विओकेको ऋण मूल्यांकनकर्ता खत्री पक्राउ

काठमाडौं ९ असोज । बैंक अफ काठमाडौको ऋण दूरुपयोग आरोपमा धितो मूल्याङ्ककर्ता भेषराज खत्री पक्राउ परेका छन्। पक्राउ परेका खत्रीलाई प्रहरीले उच्च अदालत ललितपुरमा बुझाएको छ। ऋणी स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थाक एवं सञ्चालक सुरेन्द्र श्रेष्ले बैंकबाट ऋण लिएका थिए। उनले झापाको ४ कठ्ठा १० धुर जग्था झक्याइ झुठ्ठा विवरण लिखत र नापी, नक्सा मिलाइ बैंकमा पेश गरेका थिए।

खत्रीले एक ठाउँको जग्गा देखाएर अर्कै ठाउँको जग्गा धितोमा राखेका थिए। त्यो जग्गाको मूल्याङ्कन एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्सी विराटनगरका खत्रीले गरेका थिए। यो अभियोगमा बैंकका पूर्व र वहालवाला कर्मचारी पक्राउ परिसकेका छन्। मुद्दा हालेको १६ जनामध्ये ११ जनाको वयान सकिसकेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *