बजारमा हरियो तरकारीको मूल्यमा २ सय प्रतिशतसम्मको बृद्धि
काठमाडौं, ११ असोज । दशैं नजिकिँदै जाँदा बजारमा महँगी अचाक्ली बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा तरकारीको मूल्य २ सय प्रतिशतसम्म बढेको छ। असोज ४ गते ६५ रुपैयाँमा विक्री गरिएको पालुङ्गोको साग आज १ सय ९३ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य ४ गतेको भन्दा २ सय प्रतिशत बढी हो ।
मूल्य वृद्धि हुनुको मुख्य कारण बारम्बारको झरीको प्रभाव र भारतबाट आउँने तरकरीको दुवानी समस्यालाई लिइएको छ । हरियो धनियाँको मूल्य पनि १ सय ४१ प्रतिशतले वृद्धि भएको छ । ४ गते प्रतिकेजी २ सय ५ रुपैयाँमा विक्री भएको धनियाँ आज प्रतिकेजी ४ सय ९५ रुपैयाँमा कारोबार भईरहेको कालिमाटी फलफूल बजारले जनाएको छ ।
त्यस्तै धेरै मूल्य वृद्धि हुने तरकारीहरुमा, भेडे खुर्सानी , हरियो खोर्सानी, हाईब्रिड काँक्रो, गान्टे मुला, स्याउँ, तोरीको साग, मकै बोडी, घिउ सिमी रहेका छन् । यी तरकारीहरुको गत साताको शनिबार भन्दा ४० देखि एक सय प्रतिशतसम्म मूल्य वृद्धि भएको छ।