नेपाल एसविआई बैंकको अध्यक्षमा सुजित कुमार वर्मा
काठमाडौं, २१ पौष । नेपाल एसविआई बैंकको अध्यक्षमा सुजित कुमार वर्मा नियुक्त भएका छन् । वर्मा स्टेट बैंक अफ इन्डियाका संचालक हुन् ।
बैंकको अध्यक्षमा नियुक्ती पाएसंगै वर्माले पदको सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सपथ ग्रहण गराएका हुन् ।