विश्वमा आर्थिक बृद्धिदर अझै घट्ने मुद्रा कोषको पक्षेपण
काठमाडौ २९ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउन सक्ने अनुमान गरेको छ । सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतमा सिमित रहने कोषले पक्षेपण गरेको छ । निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति हुनगै विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिने आइएमएफले तर्क छ ।
मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३.४ प्रतिशत कायम रहने अनुमान गरेको थियो तर कोषको ‘वर्ड इकोनोमिक आउटलुकको मङ्गलबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको हो । प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ। विश्वव्यापी नतिजा जोखिमपूर्ण रहेको र यसमा नीतिगत कमजोरीहरू नभएको देखिएको कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले बताएकी छिन् । कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २.४ रहने बताएको छ।
व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ। अमेरिकाका लागि व्यापारसम्वद्ध अनिश्चितताले गर्दा लगानीमा नकारात्मक प्रभाव छोडेको तर रोजगारी र उपभोग भने मजबुत रहने कोषका प्रमुख अर्थशास्त्री गोपीनाथले बताइन्।