Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सामाजिक सुरक्षा कोषमा साढे ८ हजार रोजगारदाता, १ लाख श्रमिक दर्ता

सामाजिक सुरक्षा कोषमा साढे ८ हजार रोजगारदाता, १ लाख श्रमिक दर्ता

काठमाडौ १ कार्तिक। सरकारले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ८ हजार ३०० रोजगारदाता दर्ता भएका छन् । सरकारले कोषमा सुचीकृत हुन २०७६ असोजमसान्तसम्मको अवधि दिएको थियो । सो अवधिमा करिब १ लाख श्रमिक सुचीकृत भएका छन् ।

नेपालमा दर्ता भएको प्रतिष्ठानमध्ये कोषमा दर्ता प्रतिष्ठानको संख्या करिब २ प्रतिशत छ । यद्यपी कोषमा ठूला प्रतिष्ठानहरु दर्ता भै सकेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली बताए ।
कोषमा दर्ता नभएका प्रतिष्ठनहरुलाई बाध्यकारी नियम बनाएर कोषमा सुचीकृत गराईने कोषका प्रवक्ता रमा भटट्राईले बताईन् । बाध्यकारी गर्दा पनि कोषमा दर्ता नहुने प्रतिष्ठानले कुनै दुर्घटना भएका अवस्थामा कोषले दिने सबै खालका सुविधा प्रदान गर्नुपर्छ । त्यस्तै, कोषमा सुचीकृत नहुने श्रमिकले सञ्चित कोष र उपदानमा दाबी गर्न पाउँने छैनन् ।

कोषमा योगदान दिने श्रमिकले स्वास्थ्य सुरक्षा, दुर्घटना र अशक्तता सुरक्षा, पारिवारिक सुरक्षा र बृद्धाबस्था सुरक्षा सुविधा प्राप्त गर्छन् ।

कोषमा दर्ता भएका रोजगारदाताको प्रदेश अनुसार संख्या


कोषमा दर्ता हुने मुख्य पाँच क्षेत्रहरु

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x