मूल्य सुची नराखेको ९ इलेक्ट्रिकल्स पसललाई कारवाही

काठमाडौ १ कार्तिक । सरकारले मूल्यसुची नराख्ने ९ इलेक्ट्रिकल्स पसललाई कारवाही गरेको छ । आउँदै गरेको तिहारलाई लक्षित गरी बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्य सुची नै नराखेको पसललाई विभागले ५० हजारका दरले जरिवाना गरेको हो ।
सुन्धारा क्षेत्रका सनसाईन इलेक्ट्रिकल्स, इम्पेरियल लाइट सेन्टर, शोभा इलेक्ट्रिक, मेसिनरी एण्ड इलेक्ट्रिकल्स, नेशनल टे«ड लक्सलाई विभागले जरिवाना गरेको हो । साथै लाइट हाउस, एशियन इलेक्ट्रिकल्स, आकाश लाइट र रोयल लाइट पनि कारवाहीमा परेका छन् ।
तिहार नजिकिदै गर्दा विभागले अनुमगनलाई तिव्र पारेको छ । तिहारमा प्रयोग हुने सामाग्रीहरु बती, इलेक्ट्रोनिक्स समान, मिठाई, मसला लगायतका बस्तुलाई प्राथमिकतामा राखेको छ । विभागले अनुगमनमा मूल्य सुची राखे नराखेको, कर तिरे नतिरेको, आवश्यक कागजागत रहे नरहेको हेर्ने गरेको छ ।