Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआरएनएको अध्यक्षमा पन्त विजयी

एनआरएनएको अध्यक्षमा पन्त विजयी

काठमाडौं, १ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।

त्यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । महासचिवमा डा. हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन् भने सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा दुई हजार तीन सय ४० मत खसेको थियो।

पन्तलाई बाम गठबन्धन र आचार्यलाई कांग्रेसको समर्थन थियो ।

पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर युरोपका विभिन्न देशमा हस्पिटालिटी व्यवसाय चलाइरहेका छन् । गैर आवासीय नेपाली संघमा रहेर उनले गैर आवासीय नेपालीहरुको सामूहिक लगानी प्रवद्र्धनका क्षेत्रमा काम गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x