Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नागढुंगा सुरुङमार्ग ४२ महिनामा सक्ने लक्ष्य

नागढुंगा सुरुङमार्ग ४२ महिनामा सक्ने लक्ष्य

काठमाडौं ४ कार्तिक । नागढुंगाा सुरुङमार्ग निर्माणको आज शिलान्यास गरिएको छ। साढे १३ अर्ब लागतमा निर्माण हुन लागेको सुरुङमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन । सुरुङमार्ग निर्माणको लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ।

एक महिनाअघि सुरुङमार्ग निर्माणको लागि नेपाल सरकारको तर्फबाट सडक विभाग र जापानी निर्माण कम्पनी हाज्माआन्द्रोबीच सम्झौता भएको थियो। यो सुरुङमार्ग काठमाडौं नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको २.७ किलोमिटर लामो हुनेछ। उक्त सुरुङमार्ग ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ।

यस सुरुङमार्गले उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहज बनाउने छ। उपत्यका भित्रने र बाहिरिने सवारी सधानको लामो जाम हट्ने विश्वास छ भने यो मार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्मको सडक चारकिलोमिटरको दूरी घट्ने छ। टुटेपाखादेखि सिस्नेखोलासम्मको दुरीमा दुई वटा सुरुङमार्ग निर्माण गरिने छ। तीन लेनको सुरुङमार्गमा सवारी साधन चलाइने छ। सुरुङमार्ग सँगै ठाउँ–ठाउँमा आवश्यकता अनुसार फ्लाइओभर, ओभरपास र सडक निर्माण गरिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x