Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बीमा सुचना केन्द्र स्थापना गरिदै

बीमा सुचना केन्द्र स्थापना गरिदै

काठमाडौ ६ कार्तिक । बीमा क्षेत्रमा हुने ठगीका घटनालाई रोक्न बीमा सुचना केन्द्र स्थापना गरिने भएको छ । ४३ लाख रुपैयाँको बीउ पूँँजी सहित केन्द्र स्थापना गर्ने तयारी गरिएको बीमा समितिका सुचना अधिकारी निर्मल अधिकारीले बताए ।

समितिका अनुसार केन्द्रको स्थापना लागि समितिले ३ लाख पूँजी लगानी गर्ने भएको छ । अन्य बीमा कम्पनीहरुले भने १÷१ लाख रुपैयाँ लगानी गर्ने भएका छन् । प्रारम्भिकमा कुल ४३ लाख रुपैयाँ लगानी गरी केन्द्र स्थापना गरिने भएको छ ।

केन्द्रमा बीमा व्यवसायसँग सम्बन्धित व्यक्तिहरु र कारोबारको तथ्यांक राखिने छ । एकत्रित रुपमा राखिएको सुचनाले ठगी गर्ने बिमित, सर्भेयर, एजेण्टहरुको पहिचान हुनेछ । यसरी पहिचान भएका व्यक्तिलाई कालो सुचीमा राखिएको छ । कालो सुचीमा राखिएका व्यक्तिले कुनै पनि कम्पनीसँग कारोबार गर्न पाउँनेछैनन् ।

बैक तथा वित्तीय क्षेत्रमा हुने यस्तो खालको ठगीलाई रोक्न नेपाल राष्ट्र बैकले कर्जा सुचना केन्द्रको स्थापना गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x