Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सेयर बजारमा निरन्तर गिरावट, लगानीकर्ता भन्छन्– ‘निल्नु न ओकाल्नुको स्थितीमा छौ’

सेयर बजारमा निरन्तर गिरावट, लगानीकर्ता भन्छन्– ‘निल्नु न ओकाल्नुको स्थितीमा छौ’

काठमाडौं, २१ कात्तिक । यो साता पनि सेयर बजार ओरालो लागेको छ। साताको पाँच कारोबार दिन मध्ये सोमबार झिनो अंकले बढेको बजार अन्य चार कारोबार दिन घट्न गयो ।

साताको पहिलो दिन आइतबार ६.८८ ले घटेको बजार सोमबार भने ०.९७ अंकले बढेको थियो । त्यसपछिका दिनहरुमा भने लगातार घटेको छ । मंगरबार ०.८१ र बुधबार १.४४ अंकले घटेको बजार बिहीबार (आज) ६.०५ अंकले घटेको छ।

यो साता बजार १४.२ अंकले घटेको छ। बजार घट्दा नेप्से परिसूचक ११३१.९७ विन्दुमा झरेको छ।

बजार घटेसँगै कारोबारमा पनि सुस्तता आएको छ।

अन्य दिनको तुलनामा बिहिबार भने १ सय ६३ कम्पनीको ३७ करोड ४१ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । बिहिबार कारोबार रकममा आधारमा सबैभन्दा धेरै कमाउनेमा एनएमबि बैंक लिमिटेड परेको छ ।

लामो समय देखि बजारमा सकारात्मक संकेत नदेखिएका कारण लगानीकर्ताहरु सेयर खरिदमा आकर्षित नभएको बताइएको छ। पुराना लगानीकर्ताहरुले धेरै नोक्सानी ब्यहोर्नु परेको र नयाँ लगानीकर्ताहरु समेत बजारमा आउन डराइ रहेकाले कारोबारमा उत्साह छाउन नसकेको लगानीकर्ताहरु बताउछन् । ‘पुराना लगानीकर्ताहरुलाई अहिले निल्नु न ओकाल्नु भएको छ,’ एक लगानीकर्ताले अर्थको अर्थसँग भने, ‘बढ्ला भन्ने आश छैन, कुरेर बसौ बैंकको ब्याज तिर्नै मुश्किल छ ।’

केही लगानीकर्ताहरुले त आफ्नो जायजेथा बेचेर बैंकको ऋण तिर्न तिर लागेको उनले बताए । घट–बढ बजारको स्वभाविक नियम हो । तर पनि माग भन्दा आपूर्ती बढी, बैंकको ब्याजदरको बृद्धि र नियामक निकायले ल्याउने प्रायः नीतिको दुविधाको प्रभाव बजारमा परेको लगानीकर्ताको बुझाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x