कास्की २ मा नेकपाबाट भट्टराई र कांग्रेसबाट पौडेल सहित १३ जनाले उम्मेदवारी दर्ता गराए
काठमाडौं, २१ कात्तिक । प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनका लागि नेकपा, कांग्रेस, साझा, लगायत अन्य पार्टीका १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाबाट अधिकारीकी पत्नी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन भने कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । साझा पार्टीले रजनी केसी र विवेकशीलले जमुना शर्मालाई सो क्षेत्रको उम्मेदवार बनाएको छ । उनीहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।