Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

को–को बन्लान नयाँ मन्त्री, गृहमन्त्री थापा र अर्थमन्त्री खतिवडा नहट्ने

को–को बन्लान नयाँ मन्त्री, गृहमन्त्री थापा र अर्थमन्त्री खतिवडा नहट्ने

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल हेरफेर गर्दै छन् । हिजोको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आज मन्त्रीमण्डल हेरफेर गर्ने जनाउदै मन्त्रीहरुलाई औपचारिक कार्यक्रममा नजान भनेका छन् ।

मन्त्रीमण्डल हेरफेर गर्नेबारे प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सहित शिर्ष नेताहरुसँग छलफल गरिसकेका छन् ।

मन्त्रीहरुको कामबाट सन्तुष्ट हुने आधार नभएकाले मन्त्रीमण्डल हेरफेर अत्यावश्यक भएको नेकपाको अधिकांश नेताहरुको निश्कर्ष छ ।

प्रधानमन्त्री ओली सहित पार्टी अध्यक्ष दाहाल कृषि मन्त्री चक्रपणी खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, उद्योग मन्त्री मात्रिका यादव, भौतिक पूर्वाधार एवं यातायात मन्त्री रद्युविर महासेठ र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको कामबाट सन्तुष्ट छैनन् ।

चौमासिक कार्यसम्पादनमा उनीहरु कमजोर ठहरिएका छन् । उनीहरुलाई हटाएर नयाँलाई अवसर दिइने छ।

गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा. युवराज खतिवडा पनि हटाइने मन्त्रीहरुको सूचिमा थिए । तर पछिल्लो समय केही सकारात्मक काम गरेकाले उनीहरु यथावत रहेन स्रोतले जनाएको छ। अर्थतन्त्रमा देखिएको केही सकारात्मक पहल र कार्यकाल समेत छिटै सकिन लागेकाले खतिवडालाई पुरा कार्यकाल काम गर्न दिने मनस्थितीमा ओली र दाहाल छन् ।

नयाँ अवसर पाउनेहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा,देवेन्द्र पौडेल र प्रभु साह रहेको स्रोतले जनाएको छ ।

नयाँ मन्त्रीहरुको आज अपराह्न सपथ ग्रहण गराउने बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x