Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

युनाइटेड बहुउद्देश्यीय सहकारीलाई कामनपाले समस्याग्रस्त घोषणा गरयो

युनाइटेड बहुउद्देश्यीय सहकारीलाई कामनपाले समस्याग्रस्त घोषणा गरयो

काठमाडौं ४ मंसिर । काठमाडौं महानगरपालिकाले युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरेको छ । २९ वडामा सञ्चालनमा रहेको सहकारीलाई कामपाको मंगलबार बसेको ३८औँ कार्यपालिका बैठकले समस्याग्रस्त घोषणा गरेको हो ।

बैठकले महानगरको वडा २९ मा २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्कविहीन भएको पनि जनाएको छ । महानगरको प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मले निर्णय गर्नुपथ्र्यो । तर, अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ । यही व्यवस्थाअनुसार निर्णय भएको हो । कामपामा हाल एक हजार ८४८ सहकारी छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x