Shangrila

‘अपहरण’ गरिएको निगमको ट्यांकर धनुषामा फेला

काठमाडौं, ४ मंसिर । सिरहाको लहानबाट अपहरणमा परेको भनिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ । मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १ स्थित रमदैयामाबाट मंगलबार राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भेटिएको ट्यांकर रित्तो रहेको जनाइएको छ । तेल कहाँ खन्याइयो भन्ने विषयमा खुलेको छैन ।बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरणमा परेको बताइएको थियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *