Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालमा सञ्चालित अधिकांश परियोजनाहरुको प्रगती अपेक्षित हुन नसकेको एडिबीको ठहर

नेपालमा सञ्चालित अधिकांश परियोजनाहरुको प्रगती अपेक्षित हुन नसकेको एडिबीको ठहर

काठमाडौं, ४ मंसिर । एसियाली विकास बैंक (एडीबी) को लगानीमा नेपालमा सञ्चालित अधिकांश परियोजनाहरुको प्रगती अपेक्षा अनुरुप नभएको जनाएको छ ।

बैंकले आज अर्थमन्त्रालयमा आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैंठकमा एडिबीका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरे ।

खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा थप सहयोग गर्न तयार रहेको जनाउदै समयमै खर्च गर्नका लागि आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरे । सरकारले कतिपय स्थानमा आवश्यक सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसकेको उनले बताए ।

एडिबीले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।

समीक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु समयमै सम्पन्न गर्नका लागि संवेदनशिल हुनुपर्नेमा जोड दिए ।

एडीबीले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडिबिको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x