Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अब भक्तपुरमा पनि बाजेको सेकुवा

अब भक्तपुरमा पनि बाजेको सेकुवा

काठमाडौं, ४ मंसिर । बाजेको सेकुवा रेस्टुरेन्टको शाखा भक्तपुरमा खुलेको छ। बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा आएको हो।

उक्त शाखाको बुधबार बाजेको सेकुवाकी निर्देशक नितिमा कार्की र समाजसेवी सरस्वती थापाले गरेका हुन् । विगत तीन महिनाको अवधिमा बाजेको सेकुवाको शाखा ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा पनि सञ्चालन गरिएको थियो। उपत्यका बाहिर पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा रहेको छ।

त्यस्तैअस्टे«लिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए।
नेपालमा जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा शाखा सञ्चालनको तयारी भइरहेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x