Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जीवन बीमा कम्पनीको असोज महिनामा मात्र साढे २ अर्ब लगानी

जीवन बीमा कम्पनीको असोज महिनामा मात्र साढे २ अर्ब लगानी

काठमाडौं, ४ मंसिर । चालु आर्थिक बर्ष २०७६/७७ को असोज महिनामा मात्र जीवन बीमा कम्पनीहरुले २ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार हालसम्म भने कम्पनीहरुले २ खर्ब ५८ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

समितिको तथ्यांक अनुसार असोज मसान्तसम्ममा नेपाल लाईफ इन्योरेन्स कम्पनीले सबैभन्दा बढी लगानी गरेको छ । सो अवधिमा कम्पनीले ७७ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भने २७ अर्ब ५१ करोड लगानी गरेको छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशनले ४६ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ ।

बीमा समितिले बीमा कम्पनीहरुले लगानी गर्न सक्ने क्षेत्रहरु तोकिदिएको छ । बिमक लगानी निर्देशिका जारी गर्दे समितिले लगानीका लागि निश्चित क्षेत्र तोकिदिएको हो । निर्देशिका अनुसार कम्पनीहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा लगानी गर्न पाउँनेछन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क बर्गको बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्धती निक्षेप, घरजग्गा व्यवसाय, पब्लिक कम्पनीको साधारण शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, कृषि, पर्यटन, जलश्रोत, पूर्वाधार, नागरिक लगानी कोष, विकास बैंकर वित्त कम्पनीको मुद्धती निक्षेपमा समेत लगानी गर्न पाउँने व्यवस्था छ ।

असोज महिनासम्मको जीवन बीमा कम्पनीहरुको लगानी विवरण ।
रकम लाखमा

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x