Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेप्से झिनो अंकले घटेपनि कारोबार रकममा वृद्धि

नेप्से झिनो अंकले घटेपनि कारोबार रकममा वृद्धि

काठमाडौं, ४ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगातार गिरावट खेपिरेको छ । साताको चौथो कारोबार दिन बुधबार (आज) पनि नेप्से १.६५ अंकले झिनो गिरावट आई ११२८.३४ विन्दुमा रोकिएको छ । नेप्सेमा गिरावट आएपनि सेयर कारोबार रकममा भने केही सुधार देखिएको छ ।

हिजो २५ कारोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज भण्डै ६ करोड रुपैयाँ कारोबार रकममा वृद्धि भएको हो । आज एक सय ६३ कम्पनीको १० लाख ९७ हजार ९ सय २० कित्ता सेयर ३० करोड ३७ लाख रुपैयाँमा खरिद–विक्री भएको छ ।

सबैभन्दा बढी सेयर कारोबार एनएमबी बैंक लिमिटेडको भएको छ । उक्त बैंकको आज ३ कारेड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार हुने दोस्रो स्थानमा नेपाल बैंक लिमिटेड रहेको छ । नेपाल बैंकको २ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार र सोमबार सबैभन्दा बढी सेयर कारोबार हुनेमा नेपाल बैंक लिमिटेड अग्र पंतिमा थियो ।

त्यसैगरी नेप्सेमा सूचिकृत १२ समूहमध्ये बैंकिङ्ग र व्यापार समूहको उपसूचकमा वृद्धि भएको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ्ग र व्यापार समूहको ०.०५ र ७.३ प्रतिशतले उपसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x