Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

क्षेत्रीय विद्युत् व्यापारमा एफएमओले सहयोग गर्छ

क्षेत्रीय विद्युत् व्यापारमा एफएमओले सहयोग गर्छ

काठमाडौं, ७ मंसीर । जलविद्युत्को उत्पादन र व्यापारका लागि नेदरल्याण्डको वित्तिय संस्था एफएमओले सहयोग गर्ने भएको छ । एफएमओ नेपालमा एनएमबी बैंकको संस्थापक हो । नेपालमा मात्र नभएर एफएमओको क्षेत्रीय तहमा उपस्थिति छ । दक्षिण एसियामा विद्युत् व्यापारले यस क्षेत्रको आर्थिक विस्तारलाई तीव्रता दिने भन्दै उर्जाको उत्पादन र व्यापारलाई एफएमओले प्रोत्साहन गरेको एफएमओकी प्रमुख लगानी अधिकृत लिन्दा भोखाइजनले बताइन् ।
‘बंगलादेशमा पनि हाम्रो उपस्थिति छ । बंगलादेशले नेपालमा उत्पादन भएको विद्युत् आयात गर्न चाहेको छ,’ उनले भनिन् । अहिले भारतसँग नेपाल, बंगलादेश, भुटानमा विद्युत् व्यापार भैरहेकाले भारतमार्फत् क्षेत्रीय तहमा विद्युत् व्यापार गर्न सकिने उनको भनाइ छ ।

उर्जा सम्मेलनमा सहभागी हुन आएकी भोखाइजनले क्षेत्रीय विद्युत् व्यापारको अवधारणाले गति लिन लागेको बताइन् । यो क्षेत्रमा विद्युत्को मागमा पनि विविधता छ । उदाहरणका लागि भारतमा गर्मीको समयमा बढी विद्युत् माग हुन्छ भने नेपालमा गर्मी मौसममा विद्युत्को माग घट्छ । जाडो महिनामा नेपालमा विद्युत्को माग बढ्छ ।

तीव्र औद्योगिकरण, सहरीकरण र जनताको जीवनस्तर सुधारमा अघि बढेको बंगलादेशलाई सन् २०३० सम्म ३४००० मेगावाट विद्युत्को आवश्यकता पर्ने अनुमान गरिएको छ । अहिले बंगलादेशमा झण्डै १६,००० मेगावाट विद्युत् माग छ । नेपालले पनि अहिले नै खाना पकाउनेदेखि विद्युतीय सवारीसाधनलाई बढावा दिने हो भने अहिले नै माग ५,००० मेगावाटको हाराहारीमा रहेको अनुमान गरिन्छ । उर्जा सुरक्षाका दृष्टिले पनि क्षेत्रीय विद्युत् व्यापार अपरिहार्य भएको उनको भनाई छ ।

दीगो विकास लक्ष्य (एसडीजी)को उद्देश्य ७ मा सबैलाई स्वच्छ उर्जाको आपूर्ति गर्ने उल्लेख छ । डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला तथा जैविक उर्जाले वातावरण प्रदुषित गर्ने भएकाले यिनको उपयोगलाई निरुत्साहीत गर्दै लगिएको छ । वातावरणमैत्री स्वच्छ र नवीकरणीय उर्जाका स्रोतमध्ये क्षेत्रीय रुपमै नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना रहको भएपनि अहिलेसम्म १,२३६ मेगावाट मात्र उत्पादन भएको छ । त्यस्तै विद्युत्को माग भने १,१०० मेगावाट मात्र छन् । नेपालका ९५ प्रतिशत घरपरिवारमा विद्युत् उपलब्ध छ । यो राष्ट्रिय प्रसारणलाइनबाट विद्युतीकरण भएका अतिरिक्त साना र लघु जलविद्युत्, सौर्य उर्जा लगायत नवीकरणीय स्रोतबाट प्राप्त भएकोे उर्जा समेत हो । तर नेपालमा अझै पनि धेरै घरपरिवार खाना पकाउन ग्यास तथा जैविक उर्जा प्रयोग गर्छन् । विद्युत् प्रयोग गरेर खाना पकाउने घरपरिवार १७.५ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x