सिभिल बैंक हकप्रद शेयर भर्ने समय थपियो
काठमाडौं, २६ पौष । सिभिल बैंकले हकप्रद शेयर भर्ने समय १५ दिन थप गरेर माघ १२ गतेसम्म पु¥याएको छ । आजसम्मको समय सीमा रहे पनि हकप्रद भर्न बाँकी शेयरधनीलाई मध्यनजर गरी थप १५ दिन समय सीमा थपिएको बैंकले जनाएको छ । बैंकले आफ्नो चुक्ता पुँजीको ४० प्रतिशतको दरले मंसिर २२ गतेदेखि पुस २७ गतेसम्म हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद शेयरको लागि मंसिर ५ गते बुक क्लोज तोकिएको थियो र लक्ष्मी क्यापिटललाई हकप्रद निष्काशनको जिम्मेवारी दिइएको थियो ।
बैंकले २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलब ७५ कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा कात्तिक ५ मा अनुमति प्राप्त गरेको थियो । बैंकका हालको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपियाँ रहेको छ भने ४० प्रतिशत हकप्रद निष्काशन पछि चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपियाँ पुग्नेछ । बैंकले राष्ट्र बैंकको मापदण्ड मुताबिको पुँजी पु¥याउन अझै ७५ करोड रुपियाँ नपुग रहको छ । बैंकले चालु आवको पहिलो त्रैमासिकमा ११.३३ करोड रुपियाँ खुद मुनाफा गरेको थियो ।