Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विश्व बैंकको प्रक्षेपण चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ४.५ प्रतिशत

विश्व बैंकको प्रक्षेपण चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ४.५ प्रतिशत

काठमाडौं, २६ पुस । विश्व बैंकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्व अर्थतन्त्रसम्बन्धी प्रतिवेदन सार्वजनिक गदै सन् २०१८, १९ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको हो ।

सरकारले चालू आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको छ । यसअघि गत जुनमा विश्व बैंकले नै नेपालमा ४.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो । तराई क्षेत्रमा आएको बाढीका कारण हुन गएको क्षतीले यसबर्षको कुल ग्राह्स्थ्य उत्पादन घट्ने विश्व बैंकले बताएको हो ।

सोही अनुमान अनुसार चालु आर्थिक वर्षमा धान उत्पादन लक्ष्य भन्दा निकै कम अर्थात ५१ लाख मेट्रिक टन मात्र भएपछि विज्ञहरुले पनि चालु आर्थिक वर्षमा सरकारको अक्ष्य अनुसार आर्थिक बृद्धिदर हाँसिल नहुने अनुमान गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x