Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मिसेस एन्ड मिस टिन टुरिजमको उपाधि आना र रसीले जितिन

मिसेस एन्ड मिस टिन टुरिजमको उपाधि आना र रसीले जितिन

काठमाडौं, २६ पुस । एउटै स्टेजमा आयोजना गरिएको मिसेस नेपाल टुरिजम र मिस टिन टुरिजम–२०१८ को उपाधि क्रमश ः आना आचार्य र रसी सुवेदीले चुमेकी छिन् । पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आयोजित सौन्दर्य प्रतियोगितामा मिस टिन टुरिज्म–२०१८ को उपाधि चुमेकी रसीले मिस क्याटवाक र ब्युटी विथ प्रपोजको उपाधिसमेत जितिन्।

स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गरेको प्रतियोगितामा मिसेस नेपाल टुरिजमको उपाधि चुमेकी आना काठमाडौं मेडिकल कलेजकी डाक्टर तथा फार्माकोलोजीकी लेक्चरर हुन्। उनले बेस्ट स्किन उपाधिसमेत जितेकी छन्। रेडियो नेपालकी सञ्चारकर्मी तीनथाना निवासी सन्तु श्रेष्ठ मिसेस टुरिजमतर्फ फस्ट रनरअप र बेस्ट पर्फमर, कुसुन्तीकी अनिका दाहाल सेकेन्ड रनरअप र बेस्ट स्पिच तथा छाउनी अस्पतालकी चिकित्सक सामाखुसीकी राधिका सापकोटा थर्ड रनरअप र मोस्ट ट्यालेन्ट भए।

प्रतियोगितामा तिलक्ष्मी भण्डारी मोस्ट पपुलर र भ्युवर्स च्वाइस, रेसु श्रेष्ठ मिसेस क्याटवाक र फेसबुक च्वाइस, बबिता थापा गजुरेल बेस्ट हेयर, मनीषा अधिकारी मोस्ट फोटोजेनिक, माया बुढा बेस्ट स्माइल, स्विटी मानन्धर बेस्ट पर्सनालिटी, अञ्जली श्रेष्ठ बेस्ट फिजिक, पवित्रा आलेमगर मिसेस कन्जिनालिटी, लालमती थापामगर मस्ट डिस्पिलिन, मोबिना घिमिरे ब्युटी विथ पर्पस, मोस्ट चार्मिङ प्रतिमा केसी, प्रतिमा गच्छदार बेस्ट डान्स, सिम्रन सिलवाल सोसियल्ली रेस्पोनसिवल, बिन्दु श्रेष्ठ मोस्ट एक्टिभ, मञ्जु अवाले कर्ण मोस्ट आइकोनिक आइज, शिवानी साह बिस्ट बेस्ट आर्ट वर्क, जस्मिन खनाल बेस्ट फिटनेस, गीता खनाल मिसेस ब्युटिफुल, रश्मी शाक्य मोस्ट क्रिएटिभ, बबुना पखाली मोस्ट इन्टेलेक्चुअल, अञ्जना श्रेष्ठ मस्ट डिजर्भिङ, सरिता गौतम म्यानेजमेन्ट च्वाइस, चोक माया गुरुङ बेस्ट सिंगर, सम्झना श्रेष्ठ रावत मिसेस बब्लिफेस, मोस्ट डायानामिक प्रतिमा श्रेष्ठ, सुशीला बुढाथोकी मोस्ट फ्रेडन्ली र सविना दुलाल लामिछाने ब्युटी विथ रेस्पोनसिबिलिटीको विजेता भइन

यसैगरी मिस टिन टुरिजमतर्फ सूर्यविनायककी सम्बिदा ओझा फस्ट रनरअप, बालाजुकी रमिना बिस्ट सेकेन्ड रनरअप, बालुवाटारकी प्रशंसा पौडेल थर्ड रनर्रअप र बेस्ट स्किन चुनिए। प्रतियोगितामा पूजा गुरुङ, मोस्ट पपुलर, प्रन्याहा जोशी बेस्ट हेयर, श्वेता थापा मोस्ट फोटोजेनिक, रविना विष्ट बेस्ट स्माइल, एलिसा राई बेस्ट फेसन आइकन, आश्मा खड्का बेस्ट फर्सनालिटी, शिला कोजु बेस्ट फिजिक, अञ्जिता छन्त्याल फेसबुक च्वाइस र बेस्ट स्पिच, सुगन्धा चौधरी मिस कन्जिनियालिटी, प्रिया महर्जन मोस्ट डिसिप्लेन, सम्बिदा ओझा मोस्ट चार्मिङ, पूजा गुरुङ मिस ट्यालेन्ट, सुमिगा लामिछाने बेस्ट डान्सर, मेघना महर्जन सोसियल्ली रेसपोन्सिबल, सञ्चिता भट्टराई मोस्ट एक्टिभ र रिया हरिजन मोस्ट आइकनिक आइज भए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x