Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आयोजना प्रभावित स्थानीयको लागि पञ्चकन्या माईको आइपीओ खुला

आयोजना प्रभावित स्थानीयको लागि पञ्चकन्या माईको आइपीओ खुला

काठमाडौं, २६ पौष । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ११ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाका बासिन्दालाई ६ लाख ६० हजार कित्ता (६०५) र इलाम नगरपालिकाका बासिन्दालाई ४ लाख ४० हजार कित्ता (४०५) आइपीओ बिक्री गरिने कम्पनीले जनाएको छ । यसमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । यो आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । लगानीकर्ताले सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय र पञ्चकन्या माईको साइट कार्यालयमा आवेदन दिनुपर्नेछ । पञ्चकन्या माईको अधिकृत पुँजी १ अर्ब ९५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०५ आइपीओ स्थानीयलाई बिक्री गर्न लागेको हो । यसपछि १०५ नै आइपीओ सर्वसाधारणमा जारी हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x