Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्नेले निःशूल्क सिम कार्ड पाउँने

राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्नेले निःशूल्क सिम कार्ड पाउँने

काठमाडौं, १३ मंसिर । राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निःशूल्क जि.एस.एम. सिम कार्ड उपलब्ध गराउने सम्झौता भएको छ । सम्झैता अनुसार राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निःशूल्क नेपाल टेलिकमले जि.एस.एम सिम कार्ड उपलब्ध गराउँने छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने बताए । त्यस्तै टेलिकम कम्पनीका प्रवन्ध निर्देशक अधिकारीले दुबै संस्थाको यो ब्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताउनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *