Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुदुरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन हुने

सुदुरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन हुने

काठमाडौं, १३ मंसिर । सुदुरपश्चिम प्रदेशमा यही मंसिर २० गते वित्तीय सम्मेलन हुने भएको छ । प्रदेशमा वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सुदुरपञ्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा देशभरका वित्त विज्ञ, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र सुदुरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागीता रहनेछ । एकदिने सम्मेलनमा स्थानीयलाई बचत, पुँजी लगानी र पुँजी सञ्चितीबारे जानकारी दिईने छ ।

वित्तीय पुहुँच विन आर्थिक समृद्धि सम्भव नहुने भएकाले यो सम्मेलन गर्न लागिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले जानकारी दिए । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x