सार्क स्थापनाको ३५ औं वर्षमा, सदस्य राष्ट्रको बिवादले सम्मेलननै अनिश्चित
काठमाडौं, २२ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापनाको ३५ औं वर्ष पुगेको छ । दक्षिण एशियाको गरिबी निवारण, सुरक्षा र आर्थिक विकासको लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा सार्क स्थापना गरिएको थियो ।
सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन आयोजना गरि सार्कको यात्रा सुरु गरिएको थियो । तर स्थापनाको ३५ औं वर्षमा पुग्दा सार्क निस्प्रभावि बनेको छ । भारत र पाकिस्तानबीचको बिवादले पाकिस्तानमा हुनुपर्ने १८ औ सम्मेलन अझै हुन सकेको छैन ।
दक्षिण एशियाको समृद्धिमा सहकार्य गर्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य देशका द्विपक्षीय विषयका कारण अपेक्षित गति लिन सकेको छैन ।