मोवाईल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी खानाको अडर गरे ४ सयसम्म छुट
काठमाडौं, २८ मंसिर । एनआईसी एशिया बैंक र फुडमान्डु प्रा.लि.बीच डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुका प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकले फुडमान्डुमा आफूले इच्छाएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गरे ४ सय रुपैयाँसम्म छुट पाउने छन् ।
यो अवसर सीमित अवधिका लागि एनआईसी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम ४ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
हाल बैंकले ३ सय १० शाखा कार्यालय, ४ सय २ एटएीम, ९५ वटा एक्स्टेन्सन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।