मर्चेन्ट बैंकिङ्गलाई दुरदराजमा पुर्याईंने
काठमाडौं, २८ मंसिर । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई दुरदराजमा रहेका जनतामा पुर्याउन पहल गरिने बताएका छन् । बैंकको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको मर्चेन्ट बैंकिङ्गको चौथो वार्षिक साधारण सभामा शुक्रबार श्रेष्ठले मर्चेट बैंकिङ्गलाई सबैको पहुँमा पुर्याउने बताएका हुन् ।
मर्चेन्ट बैंकिङ्गले हाल २० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको छ । सभाले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्तावहरु पारित गरेको छ ।