कैलाली भन्सार कार्यालयद्वारा चार महिनामा लक्ष्य भन्दा ३२ प्रतिशत कम राजस्व संकलन
धनगढी, ३० मंसिर । कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन गरेको छ । पहिलो चार महिनामा भन्सार कार्यालयले १ अर्व ६० करोड ८ लाख राजस्व संकलन गरेको हो ।
चालु वर्षमा कार्यालयले ६ अर्व ७० करोड ३१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । जसमध्ये पहिलो चौमासिकमा जम्मा लक्ष्यको १ अर्व ६० करोड ८ लाख अर्थात २४ प्रतिशत राजस्व संकलन भएको भन्सार अधिकृत प्रमानन्द जोशीले जानकारी दिए । कार्यालयले पहिलो चौमासिमा कुनै पनि महिना लक्ष्य अनुसारको राजस्व संकलन गरेको गर्न सकेको छैन । भन्सार अधिकृत जोशीले बार्षिक लक्ष्यमा पुग्न गति बढाउन आवश्यक रहेको बताए ।
यसबर्ष बार्षिक लक्ष्यमा बृद्धि भएको र भारतबाट पशुजन्य बस्तु,तरकारी जन्य बस्तु आयात नहुँनु र छोटी भन्सार सञ्चालनमा आउन नसकेकाले राजस्व संकलनमा कमी आएको भन्सार अधिकृत जोशीले बताए ।
गत आर्थिक बर्षमा पनि कार्यालयले ५ अर्व ५ अर्व २२ करोड १३ लाख राजस्व संकलनको लक्ष्य राखेकोमा ९९ प्रतिशत राजस्व संकलन गरेको थियो ।