एनबिआईको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

काठमाडौं, ३० मंसिर । नेपाल बैंकिङ इन्टिच्यूट (एनबिआई) को प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । एनबिआईको हालै बसेको सञ्चालक समिति बैंठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

गत कात्तिकमा सञ्जिव सुब्बाले राजिनामा दिएपछि उक्त पद खाली थियो ।

लम्सालसँग २६ वर्षे बैंकिङ अनुभव छ । यसअघि उनले सानिमा, प्रभु र जनता बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *