Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, ३० मंसिर । सोमबार (आज) पनि सेयर बजारमा गिरावट आएको छ । कारोबार सुरु भएसँगै केहीबेर बढेको बजार अन्तमा १३.७५ अंकले घटेर परिसूचक ११५४.११ को विन्दुमा बन्द भएको छ ।

आज कारोबारमा आएका मध्ये सबै समूहको उपसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक १७२.०९ अंकले घटेको छ । निर्जीवन बीमा समूहको उपसूचक पनि १३६.५३ अंकले घटेको छ ।

बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । १ सय ६६ कम्पनीको ४० करोढ ७९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । त्यसमा पनि एनएमबि बैंकको सबैभन्दा धेरै अर्थात ४ करोड ५६ लाख रुपैयाँ भन्दा धेरै सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा भने दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । दिब्यश्वरीको सेयर मूल्य ५.४५ प्रतिशतले बढेको छ । त्यस्तै गुमाउने कम्पनीहरुको सबैभन्दा अग्रस्थानमा हिमालयन पावर पार्टन छ । कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले घटेको छ ।

गएको साता बजारमा लगातार बृद्धि भएको थियो । तर यो साता भने हिजो र आज दुबै दिन बजार घटेको छ । गतसाता बजार बढ्दा लगानीकर्ताहरु केही उत्साही देखिएका थिए । तर बजारमा पुन गिरावट सुरु भएपछि लगानीकर्ताहरु पनि लगानी गर्नबाट हच्किएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x