Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

छिमेक लघुवित्तको ४४.३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

छिमेक लघुवित्तको ४४.३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, ३० मंसिर । छिमेक लघुवित्त वित्तीय संस्थाले ४४.३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। संस्थाले गत आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २७.१२ प्रतिशत बोनस र १७.२२ प्रतिशत नगद गरि कुल ४४.३४ प्रतिशत लाभांश दिन लागेको हो । उक्त प्रस्ताव आज मकवानपुरमा सम्पन्न संस्थाको १८ औं साधारण सभाबाट पारित भएको छ।

छिमेकले अहिले ६७ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । ति जिल्लामा झन्डै तीन लाख ८० हजार सदस्य छन् । उनीहरुमा २० अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

कर्जा सुविधासँगै छिमेकले विभिन्न स्थानमा ग्राहकको क्षमता अभिबृद्धि र वित्तीय सचेतना कार्यक्रम पनि संचालन गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x