Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुक्तिनाथ विकास बैंकको संचालकमा पुर्व सिईओ ढकाल सहित ५ जना चयन

मुक्तिनाथ विकास बैंकको संचालकमा पुर्व सिईओ ढकाल सहित ५ जना चयन

काठमाडौं, ३० मंसिर । मुक्तिनाथ विकास बैंकले नयाँ संचालक समिति चयन गरेको छ। बैंकको पोखरामा आज सम्पन्न १३ औं साधारण सभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र रहेका छन् ।

ढकाल बैंकका पूर्व सिईओ हुन ।

त्यस्तै, साधारण सभाले सेयरधनीहरुलाई १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। गत आर्थिक बर्ष ०७५÷०७६ को मुनाफाबाट १७.६० बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x