Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सव

काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सव

काठमाडौं, २९ पुस । गरिबी निवारण कोषको पहलमा काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सव शुरु भएको छ । उक्त महोत्सवको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार काठमाडौंमा उद्घाटन गरेका हुन् आइतबारसम्म चल्ने उक्त मेलामा ‘नेपाल–को’ ब्राण्ड औपचारिक रुपले सार्वजनिक गरिएको थियो । कोषले नेपाली कालीगढहरूले बनाएका आकर्षक हस्तकला सामाग्रीलाई ‘नेपाल–को’ ब्राण्ड–नाउँ दिएर राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा ल्याएको हो ।

महोत्सवमा भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले हस्तकला नेपालको साँस्कृतिक इतिहासको अभिन्न हिस्सा रहेको बताउँदै कोषले सञ्चालन गरेको गतिविधिहरुको प्रभावकारिता र दीगोपन रहने उल्लेख गरे । उनले शताब्दीयौंदेखि नेपाली हस्तकला सामग्रीहरुको बिभिन्न देशहरुमा उच्च माग रहेको चर्चा गर्दै यो क्षेत्रले नेपाली अर्थतन्त्रलाई सबल बनाउन सक्ने प्रचूर सम्भावना रहेको बताए ।

गरिबी निवारण कोषका उपाध्यक्ष डा. यमबहादुर थापाले गरिबी निवारण कोषले कलाकर्मीहरुको जीवनस्तर उकास्न काम गरिरहेको बताउनु भयो । उहाँले हस्तकला उद्योगको दीगोपनाको लागि यसको डिजाईन, क्षेत्रीय तथा राष्ट्रिय तहमा प्रवद्र्धन, नीतिगत स्पष्टता र निर्यातलगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।

गरिबी निवारण कोषले हस्तकला सामग्रीहरुलाई दैनिक प्रयोगमा प्रवद्र्धन गर्ने संस्कृतिको विकास गर्न महोत्सव आयोजना गरेको कोषका कार्यकारी निर्देशक नहकुल केसीको भनाई छ । ग्रामीण र विपन्न कलाकर्मी तथा कालिगढ र हस्तकला सामग्री क्रेताबीच सम्बन्ध विस्तार गर्न कोषले महोत्सव आयोजना गरेको हो । ‘महोत्सवबाट कोषले विपन्न एवं ग्रामीण कालिगढहरुको आयस्तरमा बृद्धि हुने समेत आशा राखेको छ,’ केसीले भने ।
द्वन्द्व र सामाजिक विग्रहको चपेटामा परेको समुदायका विपन्न एवं सीमान्तकृत कालीगढहरूको जीवन–स्तर उकास्न कोषले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महोत्सवले ती र अन्य त्यस्तै दक्षिण एसियाली कार्यक्रमबारे पनि जानकारी दिनुका साथै विभिन्न अन्तरदेशीय एवं अन्तरसांस्कृतिक सिकाई र संवादको पनि सहजीकरण गर्ने बताइएको छ ।

जापानी सामाजिक विकास कोषको सहयोग र विश्व बैंकको व्यवस्थापनमा दैलेख, दाङ, धनुषा, तेह्रथुम, कपिलवस्तु, म्याग्दी र गोर्खा जिल्लामा सञ्चालित यो परियोजनामा समेटिएका कालीगढहरुले आप्mनो आय बढाउने र जीवनस्तर सुधार्ने सीप, क्षमता र अवसर पाएका छन् । यो परियोजनाअन्तर्गत कोषले ३६५ उत्पादन समूह र १० वटा उत्पादन संघमार्पmत् ७,५०० भन्दा बढी कालीगढको उत्पादनलाई बजारसँग जोड्दै तिनको जीवनस्तरमा सुधार गरेको छ । हरेक समूहमा २० देखि २५ कालीगढ आवद्ध छन् र तिनले आ–आप्mनै क्षेत्रमा उद्यम गरेका छन् । उनीहरुलाई मद्दत गर्न कोषले १० वटा साझा सेवा केन्द्र पनि सञ्चालन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x