सेञ्चुरी बैंकका ग्राहक र संस्थापक सेयरधनीहरुले ब्लु क्रस अस्पतालमा १२ प्रतिशतसम्म छुट पाउने
काठमाडौं, १३ पुस । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सयेरधनीहरुलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने गरि सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पतालका कार्यकारी ब्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सयेरधनीहरुलाई अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।