माछापुच्छे बैकले मस्रेकबैकसँग १ अर्ब कर्जा लिने
काठमाडौं, १४ पुस । माछापुच्छ्रे बैंकले दुवईस्थित मस्रेक बैंकबाट १ अर्ब अर्थात १ करोड डलर ऋण लिने भएको छ। ऋण लिने सम्झौंतापत्रमा माछापुच्छ्रेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र मस्रेकका नेपालका लागि आवासीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरेका छन ।
३ वर्षदेखि बैंकिङ प्रणालीमा लगानी योग्य पुँजीको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले खुला गरेपछि बैंकले विदेशबाट ऋण लिन लागेको हो । राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकले यो रकम ल्याउनेछ। राष्ट्र बैंकले कुल प्राथमिकक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। बैंकले मस्रेकबाट ल्याएको रकम कृषि, उर्जा,पर्यटन, साना तथा मझौंला व्यवसायमा लगानी गर्ने जनाएको छ। हालसम्म आधादर्जन बैंक तथा वित्तीय संस्थाले साढे ३ अर्ब रुपैयाँ विदेशबाट ऋण लिइसकेका छन । यस्तै १० अर्ब लिने प्रक्रियामा रहेका छन ।